झापा, माघ २८ । परालको कुन्यूबाट लडेर संखुवासभामा एकजनाको मृत्यु भएको छ ।

शनिवार मध्यान्ह संखुवासभा सभापोखरी – ३ पावा बस्ने अन्दाजी ६१ वर्षीय चन्द्रकुमार राई गाईवस्तुको लागि आफ्नै परालको कुन्यूबाट पराल झार्न गएका थिए । त्यसक्रममा परालको कुन्यूबाट लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्