झापा, माघ २९ । इलाम सूर्योदय– ११ सुन्तले संयुक्त टोल बस्ने ५० वर्षीय धनराज राईको हत्या भएको आशंकामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, सोही ठाउँ बस्ने २६ वर्षीय निशान राई , २० वर्षीय राजिव राई,२३ वर्षीय दिवस राई, मृतकका छोरा २९ वर्षीय मंगेश भनिने एडवर्ड राई र उनकी श्रीमती २६ वर्षीया मालती तामाङ राई रहेका छन् ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।घटनास्थलको कानुनी प्रकृयापश्चात् राईको शवलाई पोस्टमार्टमको लागि फिक्कल अस्पताल पठाइएको छ । हिजो धनराज राई आफ्नै तीनतले घरको भुइँतलामा आफू सुत्ने कोठामा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्