झापा, फागुन १ । झापा कारागारमा बन्दी रहेका भद्रपुर नगरपालिका वडा न.१ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको छ ।

मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । ठगी मुद्धामा पक्राउ परी सेलवाललाई कारागार पठाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्