
झापा,फागन ४ । पछिल्लो १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी विद्यार्थी विदेशमा पढ्नका लागि गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१-०७२ देखि २०८०-०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएका छन् ।
पछिल्ला तीन वर्षमा भने एक लाख भन्दा बढीको हाराहारीमा एनओसी जारी भएका छन् । विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसीहरू जारी हुने गरेका थिए । तर, आर्थिक वर्ष २०७८-०७९ देखि २०८०-०८१ मा भने हरेक वर्ष एक लाख बढीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएको देखिन्छ ।
आर्थिक वर्ष २०७७-०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिकमा थिए । त्यसपछि आर्थिक वर्ष २०७८-०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७९-८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्षमा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका हुन् ।