झापा ,फागुन ४ । तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापाको अध्यक्षमा जगत गुरुङ चयन भएका छन् ।

हिजो बिर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले जगत गुरुङको अध्यक्षतामा आगामी दुई बर्ष कार्यकालको लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा उदय गुरुङ,महासचिव रामप्रसाद गुरुङ,
संगठन सचिव भागिमान गुरुङ,प्रचार सचिव अम्बरबहादुर गुरुङ,कोषाध्यक्ष रतनबहादुर गुरुङ,सह कोषाध्यक्ष सलबहादुर गुरुङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा हरि गुरुङ,कविता घले गुरुङ,विर्खबहादुर गुरुङ ,गणेश गुरुङ ,मानबहादुर गुरुङ,जीवनकुमार गुरुङ ,शंकर गुरुङ,नविना गुरुङ ,ध्रुवकुमारी, गुरुङ,दिलिपकुमार गुरुङ,धनकुमारी गुरुङ सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डल अध्यक्ष श्याम गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद झापाको पनि नयाँ कार्यसमिति चयन गरिएको छ । दुर्गादेवी गुरुङको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष शशिकला गुरुङ,संगठन सचिव रसमाया गुरुङ,प्रचार सचिव विष्णुमाया गुरुङ,कोषाध्यक्ष लक्ष्मी गुरुङ,सह कोषाध्यक्ष सोममाया गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा हिमा गुरुङ, खिनामाया गुरुङ,रिता गुरुङ,सुशिलादेवी गुरुङ,चन्द्रकला गुरुङ,बलमाया गुरुङ कल्पना गुरुङ गंगा गुरुङ सर्वसम्मत चयन भएका छन् । तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद झापाको संयुक्तरुपमा अधिवेशन आयोजना गरिएको थियो ।

तमू हयुल छोंज धींका जिल्ला अध्यक्ष टिकाराम गुरुङको अध्यक्षता तथा तमू हयुल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्ला समिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा झापाका चारजना उत्कृष्ट गुरुङ बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । । सम्मानित हुनेहरुमा एमबीबीएस उत्तीर्ण कनकाई–८ निबासी सरस्वता गुरुङ,आर्किटेक इन्जिनियर उत्तीर्ण बिर्तामोड–३ निबासी अनुषा गुरुङ,बीएससी आईटी उत्तीर्ण बिर्तामोड–४ निबासी प्रतिमा गुरुङ र बीएससी रेडियोलोजी उत्तीर्ण बिर्तामोड–५ निबासी संगिता गुरुङ रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ, केन्द्रीय महासचिव डम्बरबहादुर गुरुङ, केन्द्रीय सचिव शन्तलाल गुरुङ, तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिवालय सदस्य जलकुमार गुरुङ, परिषदका कोशी प्रदेश प्रमुख केशरमान गुरुङ, केन्द्रीय सदस्य आनन्द गुरुङ, प्रदेश अध्यक्ष होम घले, प्रदेश उपाध्यक्ष सावित्रा घले, गुरुङ तमुस्यो छोंज धीं झापा अध्यक्ष अमृता गुरुङ, बिर्तामोड नगरपालिका–१० का अध्यक्ष दुर्योधन गुरुङ, परिषदका मेचीनगर अध्यक्ष सुवास गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन सत्रको संचालन परिषद झापा महासचिव रामप्रसाद गुरुङ र स्वागत मन्तव्य उपाध्यक्ष जगत गुरुङले गरेका थिए । त्यस अवसरमा सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्