बिर्तामोड,फागुन ५ । शिक्षासेवी हरिकुमार प्रसाईंको संझनामा संचालन भइरहेको हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराएर आयोजक एभरेष्ट स्मार्ट र इस्ट होराइजन स्कुल विजयी भएसंगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

हिजो भएका तेस्रो र चौथो क्वाटरफाइनल खेलमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराउँदै दुवै टीम सेमिफाइनलमा पुगेका हुन् । तेस्रो क्वाटरफाइनल खेलमा आयोजक एभरेष्ट स्मार्टले चिल्ड्रेन इन्भाइरोनमेन्ट स्कुललाई ५–० को फराकिलो अन्तरले हराएको हो । त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा इस्ट होराइजनले सूर्योदय बोर्डिङ स्कुललाई १–० ले पराजित गरेको हो । सो खेलमा इस्ट होराइजनका निशान्त चौधरी म्यान अफ द म्याच घोषित भए ।

आजदेखि सेमिफाइनल खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आयोजक एभरेष्ट स्मार्ट र निदि सेकेण्डरी स्कुलबीच तथा दोस्रो सेमिफाइनल खेलमा बाल्मीकि प्रोभिडेन्स र इस्ट होराइजन स्कुलबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगिताको फाइनल खेल भोलि हुने भएको छ । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्