झापा, फागुन ९ । इलामको रोङ गाउँपालिका –३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरा गंभीर घाइते भएका छन् ।

आज साँझ ६ः४० बजे रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल .चालक सूर्योदय ६ खादीगाउँ बस्ने बर्ष अन्दाजी ४० का दिर्घ राई र पछाडि सवार उनका बुबा बर्ष अन्दाजी ७० का पन राई गंभीर घाइते भएका छन् । दुवैलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

मोटरसाइकल ,टिपर, टिपर चालक माईजोगमाई –२ शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्