झापा,फागुन २३ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क १० लाख ग्राहक नजिक पुगेको छ ।

योसँगै कम्पनी यसै महिना १० लाख घरधुरीमा इन्टरनेट कनेक्सन पुर्याउने देशकै पहिलो इन्टरनेट सेवाप्रदायक बन्नेछ ।
१० लाख ग्राहक पुग्न लागेको अवसरमा कम्पनीले १० वटा आईफोन १६ गिभअवे गर्ने घोषणा गरेको छ ।

जसअनुसार १० जना भाग्यशाली ग्राहकले आईफोन १६ प्राप्त गर्नेछन् । हिजो २ मार्चदेखि ११ मार्चसम्म हरेक दिन गिभअवे गरिने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्