बिर्तामोड , फागुन २८ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड र बिर्तामोडस्थित दृष्टि आई हस्पिटलबीच एक्सेल डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो सम्बन्धी समझदारीपत्रमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट सहायक महा प्रबन्धक अशोक क्षेत्री र दृष्टि आई हस्पिटलका तर्फबाट अध्यक्ष रामकुमार उप्रेतीले हस्ताक्षर गरेका छन् । यस सहमति अनुसार एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दृष्टि आई हस्पिटलबाट प्राप्त हुने विभिन्न प्रकारका सेवाहरुमा ५ देखि शत प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

हस्पिटलका सेवाहरुमध्ये ओपिडी निःशुल्क गरिएको र अपरेशनलगायत अन्य सेवाहरुमा १० प्रतिशतसम्म छुट सुविधा प्रदान गरिएको छ । यो सुविधा दृष्टि आई हस्पिटलका बिर्तामोडलगायत सबै शाखाहरुबाट उपलब्ध हुनेछ।
एक्सेल बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो डेबिट कार्ड वा मोबाइल बैकिंग माध्यमबाट भुक्तानी गरी छुट सुविधा प्राप्त गर्न हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्