भद्रपुर , चैत १ । होली पर्वको दिन बिहानै भद्रपुरमा दुईजनाले आत्महत्या गरेका छन् ।

बिहान अन्दाजी ६.३० बजे भद्रपुर नगरपालिका वडा नं.१० केन्द्रमोडमा सोही ठाउँ बस्ने बिजय गहतराजकी श्रीमती ४४ वर्षीया निकिता गहतराजले आफ्नै एकतले घरको कोठामा सिलिङ रडमा प्लाष्टिकको डोरीले पासो लगाएकी हुन् । उनका श्रीमान विजय बैदेशिक रोजगारीमा छन् ।
त्यस्तै सोही समयमा भद्रपुर नगरपालिका वडा नं.९ स्थित उखुवारीमा सोही ठाउँ बस्ने ६१ वर्षीय सन्तबिर लिम्बूले विष सेवन गरेका छन् । अनुगोर नामक किरा मार्ने बिषादी सेवन गरेका लिम्बूलाई उपचारको लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुर लगिएकोमा त्यहाँबाट अन्यत्र रेफर गरी लाँदालाँदै बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।