झापा, चैत १ । होलीका दिन झापामा जथाभावी चलाउने ठूलो संख्यामा सवारी साधन प्रहरीले  नियन्त्रणमा लिएको छ ।

दिउँसो ३ बजेसम्म ३२९ वटा सवारी साधन नियन्त्रणमा लिइएको हो । २९२ वटा मोटरसाइकल, ३६ वटा अटो रिक्सा र सिटी तथा एउटा कार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।




प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्