झापा, चैत ३ । बिर्तामोड ५ स्थित पुनरजन्म सुधारगृह नामक पुनर्स्थापना केन्द्रमा एकजनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा राजु गिरीले संचालन गरेको पुनरजन्म सुधारगृहमा ३ महिना अगाडीदेखि रहँदै आएका जात्रुवारी बस्ने ३७ वर्षीय उमेश राजवंशी गएराति ९ः५० बजे अचानक बिरामी भएका थिए ।
बेहोस भएका राजवंशीलाई उपचारको लागि राति १० बजे बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।