झापा , चैत १३ । भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ३८ बोरा भारतीय युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति ९ बजे झापा गाउँपालिका वडा नं.४ स्थित नयाँ टोलमा इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्वरको पिकअप भ्यानमा ल्याउँदै गरेको भारतीय युरिया मल नियन्त्रणमा लिएको हो ।
आवश्यक कारवाहीको लागि बरामद मल र सवारी साधन भद्रपुर भन्सार कार्यालय पठाइएको छ । चालक हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।