झापा , चैत १५ । १५ दिन अघिदेखि हराइरहेकी इलाम फाकफोकथुम ३ सल्लेरी बस्ने १९ वर्षीया बिमला कट्टेललाई हत्या गरी गाडेको अबस्थामा शव फेला परेको छ ।

हत्या गरेको आशंकामा उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत १ गतेदेखि बिमला हराएको सम्बन्धमा ससुरा कृष्णलाल गिरीले खोजतलासको लागि निबेदन दिएका थिए । अनुसन्धानको क्रममा बिमलालाई हत्या गरी फाकफोकथुम वडा नं.२ धार्ने खोपस्थित दाहाल गोलाईमा गाडिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक रमेश राई नेतृत्वको टोलीले आज बिहान १ बजे गाडिएको ठाउँ फेला पारी शव उत्खनन् कार्य भइरहेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्