झापा, चैत २६ । झापाको मेचीनगर नगरपालिका वडा नम्वर–१२ पिपलडाँगीस्थित राजधानी क्रसर उद्योगमा मेसिनले हात काटिएर एक कामदार घाइते भएका छन् ।

आज दिउँसो अन्दाजी २ः३० बजे राजधानी क्रसर उद्योगमा काम गर्ने कामदार सोही ठाउँ बस्ने ६० वर्षीय सन्तबहादुर दर्जी ढुंगा टुक्र्याउने मेसिनमा काम गर्ने क्रममा मेसिनले उनको हात च्यापेको थियो । जसबाट उनको बाँया हातको कुहिनाभन्दा मुनिको भाग छिनेको छ ।
घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।