झापा, चैत २७ । झापाको अर्जुनधारा– ११ स्थित मकैवारीमा एक बेवारिसे शव फेला परेको छ ।

मागी खाएर हिड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान फेला परेको हो । उनको एउटा खुट्टामा घाउ भएको थियो । उनी वीरे दमाईसंगै दमाईको कटेरोमा बस्ने गरेका थिए । दमाईको कटेरो नजिक ती पुरुषको शव फेला परेको हो । शवको प्रकृति हेर्दा केही दिनअघि मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रहरीले अनुसन्धानका लागि वीरे दमाईलाई पक्राउ गरेको छ । दमाईको घरमा मृत्यु भएर शव मकैवारीमा फालेको हुनसक्ने डीएसपी विष्टले बताए । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे अनुसन्धान थालिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्