झापा , चैत २७ । घरबाट हिडेर वेपत्ता भएकी इलामकी एक गर्भवती महिला घाइते अबस्थामा फेला परेकी छन् ।

चैत २६ गते साँझ ६ बजे इलाम फाकफोकथुम –४ बरबोटे बस्ने राजकुमार गजमेरकी श्रीमती ३५ वर्षीया मुना गजमेर फुपुको घर जान्छु भनी हिडेकोमा उनी गन्तब्यमा पुगेकी थिइनन् । फोनसमेत रिसिभ नगरेपछि आफन्तले खोजतलास गर्दै जाने क्रममा आज बिहान ७ बजे घरदेखि अन्दाजी ८ सय मिटर पूर्वमा रहेको चतुरेखोलामा बाटोबाट अन्दाजी ३५ मिटर तल खसेर उनी घाइते अवस्थामा फेला परेकी हुन् ।

उनलाई पाँचथरको रविस्थित आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि झापातर्फ ल्याइएको छ । घाइते महिला ४ महिनाको गर्भवती भएको बुझिएको छ । प्रहरी चौकी आमचोक इलामबाट प्रहरी टोली खटिएर घटनाको अनुसन्धान शुरु गरेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्