झापा , चैत २८ । अर्धनग्न अबस्थामा सुनसरीको चारकोशे जंगलमा मृत फेला परेकी युवतीको पहिचान खुलेको छ ।

मृतक युवती जिल्ला धनकुटा सविक मारेक कटहरे गाविस वडा नं.४ हाल महालक्ष्मी नगरपालिका –१ खाप्राङ बस्ने ३४ वर्षीया चुनकुमारी दाहाल भएको खुलेको हो । उनका भाइले आज सनाखत गरेको प्रहरीले जनाएको छ ।

चैत २५ गते दिउँसो १२;३० बजे सुनसरीको धरान –६ पाँचकन्या सामुदायिक वनमा लसुनेको रुखमा हाते झोलाको फित्ता घाँटीमा बेरिएको अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन् । उनको अनुहारमा निलडाम देखिएको छ भने शरीरको तल्लो भाग नाङ्गो अवस्थामा रहेको थियो ।सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । ती युवतीको हत्या भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्