झापा,चैत २८ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बरालले गत चैत १६ गते राजीनामा बुझाएका थिए । बराललाई त्रिविको उपकुलपतिमा माओवादी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागु १० गते नियुक्त गरेको थियो ।