झापा, चैत २८ । हिजो आफू नेपालमै रहेको बताएका दुर्गा प्रसाईले आज आफूले भारतको आसाममा आत्मसमर्पण गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनले फेसबुकमा उल्लेख गरेपनि त्यसलाई नेपाल प्रहरीले पुष्टि गरेको छैन । हल्ला सुनिएपनि त्यसबारे जानकारी नभएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजन लामाले पनि प्रसाई पक्राउ परेर नेपाल प्रहरीलाई सुपुर्दगी गर्नेबारे थाहा नभएको प्रतिक्रिया दिए । प्रसाई पक्राउ परेकोबारे भारतीय प्रहरीले पनि पुष्टि गरेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्