झापा , चैत ३० । मोरङमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो साँझ ६ः३० बजे मोरङ सुनवर्षी नगरपालिका– ३ तल्लो भेलाइ टोलस्थित भित्री सडकखण्डमा सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त ०७५२ नं. को ट्रयाक्टरले प्रदेश १–०४–००१ प ४०११ नं को मोटसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी– ३ बस्ने ३१ वर्षीय भुपेन्द्र कटुवाल घाइते भएका थिए । टाउको र दाहिने खुट्टामा चोट लागेर गम्भीर घाइते भएका कटुवाललाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा राति ८.३७ बजे डाक्टरले मृत घोषणा गरेका थिए । ट्रयाक्टर , ट्रयाक्टर चालक सुनवर्षी ४ बस्ने २९ वर्षीय संजितकुमार महतो र मोटरसाइकल इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्