बिर्तामोड, चैत ३० । झापा नेत्रहीन संघले १० जनालाई सेतो छडी र चारजनालाई ब्रेल पेपर वितरण गरेको छ ।

नव वर्ष २०८२ को उपलक्ष्यमा झापा नेत्रहीन संघले आयोजना गरेको कम्प्युटर तालिम उद्घाटन र जङ्गबहादुर बोगटीको १८६ औं जन्मजयन्ती कार्यक्रमका अवसरमा सहायक सामग्री वितरण गरिएको हो । पवित्रा तामाङ, केशव न्यौपाने , अमृता विक , दिपक तामाङ , सुष्मा राजवंशी , शम्भु राजवंशी , अश्विनीकुमार काफ्ले , सुष्मा ढुंगेल , जेठा मुर्मू र महेन्द्रकुमार श्रेष्ठलाई सेतो छडी वितरण गरिएको हो ।
त्यस्तै डोवलाल राजवंशी , पवित्रा तामाङ, अश्विनीकुमार काफ्ले र सुष्मा ढुंगेललाई ब्रेल पेपर वितरण गरिएको थियो । झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशीको सभापतित्व र बिर्तामोड नगरपालिका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडा सचिव भिम अधिकारी, संस्थापक अध्यक्ष द्रोणचार्य निरौला, समाजसेवी खिलप्रसाद सिवाकोटी, सल्लाहकार प्रेमप्रकाश सिटौला, लायन्स क्लबका सत्यनारायण अग्रवाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेत्रहीनहरुले सुमधुर सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए । उपाध्यक्ष उत्तम खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव दिलकुमार राजवंशीले गरेका थिए ।