झापा, चैत ३१ । इलाममा ग्राइन्डर मेशिनले काठ काट्ने क्रममा औंला काटेर एक कामदार घाइते भएका छन् ।

आज बिहान ८ ः२० बजे मोरङ रङ्गेली ५ घर भई हाल इलाम नगरपालिका ७ कुलधारामा बस्दै आएका २८ वर्षीय सुरजकुमार शर्मा काठ काट्ने क्रममा ग्राइन्डर मेशिनले चोर औला काटेर घाइते भएका हुन् ।
उनलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।