धाइजन, बैशाख ३ । लोपोन्मुख मेचे समुदायले महान पर्व बैशागु बथर हर्षोल्लासका साथ मनाएका छन् ।

झापाको धाइजन र हल्दीवारीमा कार्यक्रम गरी उनीहरुले पर्व मनाएका हुन् । मेचीनगरको धाइजनमा बैशागु बथर तथा बृहत् जनसाँस्कृतिक कार्यक्रम र मेचे समाज शिवियारी आफात केन्द्रीय समितिको नवनिर्मित भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दैं प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली जनताका प्रतिनिधिमार्फत् संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रकै कारण आज हरेक जातजाति, वर्ग समुदायले आफ्नो धर्म, संस्कृति, संस्कार, रीतिरिवाज र परम्परालाई खुलेरै सभ्य र भव्यरुपमा मनाउन पाएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले हाम्रा भाषा , धर्म, संस्कृति ,रितिरिवाज परम्परा र संस्कारलाई जगेर्ना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिईन् । राष्ट्रिय जनगणना २०७८ अनुसार मेचे समुदायको जनसंख्या ५ हजार १ सय ९३ जना रहेको छ । झापाका कुल १५ वटा पालिकामध्ये ९ वटा पालिकामा मात्र मेचे समुदायको बसोबास रहेको र सवैभन्दा बढी मेचीनगर नगरपालिका क्षेत्रभित्र करिव २ हजारको जनसंख्यामा बसोबास रहेको छ ।
समाज शिवियारी आफात केन्द्रीय समितिको आयोजना र मेचे समाज शिवियारी आफात मेचीनगर कार्य समितिको सहआयोजना भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचे, भारतका पूर्व प्रतिनिधि सभा सदस्य सांसुमा खुंगुर बसुमथरी, मेचे महिला उत्थान संघका केन्द्रीय अध्यक्ष नुमा मेचे, नेपाली काँग्रेस मेचीनगर समिति सभापति सुदयकुमार पनेरूलगायतले बोलेका थिए ।
कार्यक्रममा जग्गादाता नरेन्द्र मेचे गछम ,बुद्वलाल मेचे र विशु मेचे२०८० सालको एसइइ परीक्षामा मेचे समुदायबाट सर्वाेत्कृष्ट अंक ल्याउने आईस्था मेचे दीपा मेचे, अञ्जली मेचे, गरिमा मेचे, प्रकृति नार्जरी मेचे, पुर्णिमा मेचे, साधना मेचे, रोहित मेचे, मञ्जिला मेचे, रोश्नी मेचे, दिया मेचेलगायत तथा मेचे समुदायको कला, संस्कृति रीतिरिवाज, धर्म पहिचानका लागि अहोरात्र सक्रिय रोजाहरूलाई सम्मान गरिएको थियो ।
मेचे समाज शिवियारी आफातका अध्यक्ष विरेन मेचेले अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष सीता श्रेष्ठ मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कालु मेचे र सचिव महेश मेचेले संयुक्तरुपमा गरेका थिए । आसामको साँस्कृतिक कलाकर्मीका कलाकारहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले मेचे समुदायको पहिचान झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै मेचे जातिको महान पर्व बैशागु बथर विभिन्न सांस्कृतिक कार्यक्रम सहित हल्दीबारी वडा नं ४ ऐनाबारीमा सम्पन्न भएको छ ।
हाज्रोङ्गा बलिखुङ्गी शिव पार्वती मन्दिर हल्दीबारीका व्यवस्थापन समितिका अध्यक्ष विशुलाल मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई रहेका थिए ।
प्रदेश सांसद छवि चुडाल, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र,वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा नं १का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं १का वडा सदस्यहरू प्रकाश कार्की, महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा,कुलबहादुर वान्तवा, नेकपा एमाले हल्दीबारी का अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष बिजय लावती, राप्रपाका गाउँ समिति अध्यक्ष एकराज रानामगर, मेचे शिवियारी आफातका पूर्व केन्द्रीय अध्यक्ष सन्तलाल मेचे, सन्थाल समाज झापाका अध्यक्ष लखन हेमरम, एकता बहुउद्देश्य सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेकपा एमालेका त्रिलोचन सापकोटा , नेकपा माओवादीका बिजय लावती, राप्रपाका एकराज रानामगरलगायतले मन्तव्य राखेका थिए। सन्तलाल मेचेले स्वागत गरेको कार्यक्रम दिपा मेचेले संचालन गरेकी थिइन्।