झापा, बैशाख ४ । भोजपुरमा आगलागी हुँदा जलेर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे भोजपुर आमचोक गाउँपालिका –५ पावला बस्ने डिकबहादुर बस्नेतको घरमा आगलागी हुँदा उनका ३ वर्षीय छोरा छत्रबहादुर बस्नेतको जलेर मृत्यु भएको हो ।
आगलागी हुनुअघि ती बालक घरभित्र खेलिरहेका थिए । आगो नियन्त्रणपछि नभेटिएका ती बालक साँझ ६.२० बजे घरभित्र जली मृत अवस्थामा फेला परेका थिए । आगलागीबाट बस्नेतको ढुंगा र माटोले बनेको फुसको छानो भएको दुईतले घर जलेर नष्ट भएको छ ।