झापा , बैशाख ४ । इलाममा जंगली च्याउ खाएर दुईजना  सिकिस्त भएका छन् ।

हिजो बिहान १०ः३० बजे इलाम चुलाचुली गाउँपालिका ५ पोखरीडाँडा बस्ने दिलिपकुमार दियालीकी श्रीमती ५२ वर्षीया सेतीमाया दियाली र सोही ठाउँ बस्ने ८६ वर्षीया देवीमाया दियाली परालमा उम्रेको च्याउ खाएर बिरामी भएका हुन् । उनीहरुको आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्