झापा, बैशाख ६ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भद्रपुरका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. ४ आँपगाछी बस्ने २० वर्षीय लखिराम सोरेन रहेका छन् । शुक्रवार बिहान अन्दाजी ४ बजे भद्रपुर ४ स्थित झिलमिल खोलाको डिलमा रहेको बाँसघारीमा १७ वर्षीया नाबालिकालाई सोरेनले जबरजस्ती करणी गरेका थिए ।

उनले फागुन १० गतेदेखि पटक पटक त्यस्तो व्यवहार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोरेनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्