झापा , बैशाख ६ । साइकलको ह्यान्डलभित्र ब्राउनसुगर लुकाएर ल्याउने दुई युवा सिमावर्ती झापा गाउँपालिकामा पक्राउ परेका छन् ।

हिजो दिउँसो ४.३० बजेतिर झापा गाउँपालिका वडा न.४ टाँघनडुब्बामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले शिवसताक्षी वडा न.५ बस्ने २७ वर्षीय पञ्चम ताजपुरिया र सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन हजामलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा ताजपुरियाले चलाएको साइकलको ह्यान्डलको पाइपभित्र कालो प्लास्टिकको पोका बनाई ब्राउनसुगर लुकाएर ल्याएको फेला परेको थियो । प्लास्टिकसहित २ ग्राम २९० मिलिग्राम ब्राउनसुगर फेला पारी दुबै जनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्