झापा,बैशाख ७ । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने छुट्टाछुट्टै तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।


उनले जापानको ओसाका सहरमा अप्रिल २५ देखि २७ सम्म हुने जापान वाता ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसपछि उनी उतैबाट अस्ट्रेलिया जानेछन् । उनले अस्ट्रेलियाको गोल्डकोस्टमा क्यारारा स्टेडियममा मे ३ र ४ मा हुने गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने छन् ।
उनले दुवै प्रतियोगितामा यू–१७ उमेर समूहअन्तर्गत व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । कक्षा ११ मा अध्ययनरत उनी अध्ययनरत नामी इन्टरनेसनल कलेजले आइतबार एक कार्यक्रम गरी विदाइ ग¥यो । कलेजका प्रिन्सिपल अनिशा पाण्डेलगायतले उनलाई सफलताको शुभकामनासहित विदाइ गरे ।

अदिश तेक्वान्दोका तेस्रो डान हुन् । नेपाल ओपन इन्टरनेसनल पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका अदिशले नेकोस नेसनल च्याम्पियनसिपमा रजत पदक जितेका थिए । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्