झापा, बैशाख ११ । झापाको बुद्धशान्तिमा ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ११ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –१ भोटेटारस्थित भित्री सडकखण्डमा बिरिङ खोलाबाट भोटेटार गाउँतर्फ जाँदै गरेको प्र.१–०१–००२ त ८३३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिएको थियो । ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रेम गुरुङलाई ट्रयाक्टरको इन्जिनले किचेको थियो ।

गम्भीर घाइते गुरुङलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ११ः५५ बजे अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ भने ट्रयाक्टर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्