झापा, बैशाख १२ । मोरङको बेलबारीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

गएराति १० बजेतिर बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्ग बस्ने ७६ वर्षीया बिष्णुमाया थापा घरबाट बाहिर निस्केको बेला सर्पले डसेको थियो ।
उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव कोशी अस्पताल बिराटनगरको शवगृहमा राखिएको छ ।