झापा, बैशाख १५ । झापाको बिर्तामोड– ८ मा गएराति आगलागी भएको छ ।

बिर्तामोड ८ गुवाबारी बस्ने दीपक भट्टराईको परालको कुन्यूमा राति १० बजेतिर अचानक आगलागी भएको हो । आगलागीबाट दुई विगाहको पराल जलेर नष्ट हुँदा करिव ५० हजार बराबरको क्षति भएको जनाइएको छ । बिर्तामोड , भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल , प्रहरी चौकी गरामनी र स्थानीयको सहयोगमा राति २ बजेतिर सो आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
त्यस्तै गएराति ९ः३० बजे संखुवासभा धर्मदेबी नगरपालिका ९ मुलगाउँ बस्ने घमनसिंह जिमीको ढुङ्गा माटोले बनेको फुसको छाना भएको ३ तले घरमा अचानक आगलागी भएको छ । आगलागीबाट घर , घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडासमेत पूर्णरुपमा जलेर नष्ट हुदा अन्दाजी ७ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै हिजो साँझ ७.३० बजे खोटाङ जिल्ला रावावेशी गाउँपालिका–१ दमकुस्थित निजी वनमा आगलागी भएको छ । प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा राति ८.४० बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।