झापा, बैशाख १५ । वर्षासंगै परेको चट्याङले लागेर झापाको हल्दिवारीमा पाँचवटा चौपाया मरेका छन् ।

गएराति १२ः०५ बजे परेको चट्याङले हल्दिबारी गाउँपालिका वडा न.२ पग्लाबारी बस्ने जयराम मुर्मूको गोठमा बाँधिराखेको गाई २ वटा, बाछी एउटा, माउ बाख्रा एउटा र एउटा पाठी मरेको हो । पाँचवटा चौपाया मर्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्