झापा , बैशाख १५ । वर्षासंगै आएको हावाहुरीले झापा बाह्रदशीको एक घरको छानो उडाएको छ ।

गएराति १२ बजे आएको हावाहुरीले बाह्रदशी गाउँपालिका वडा नं.१ सिप्ताबारी निवासी अम्रोदिन मियाँको पक्की घरको टिनको छाना उडाएको हो ।

छाना उडाउँदा घरमा भएको लत्ताकपडा ,धान चामल,सोफासेट आदि सामान पूर्णरुपले भिज्दा अन्दाजी एकलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्