झापा,बैशाख १५ । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् ।


सोमबार नेपाल र खनालसहित अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्