झापा, बैशाख २२ । इलाममा ५८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका २३ वर्षीय युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले आइतवार साँझ ६ः४० बजे देउमाई –७ हाङमाङबाट बिनोद चेम्जोङ लिम्बूलाई नियन्त्रणमा लिएको हो ।

शनिवार राति अन्दाजी १२.१५ बजे देउमाई नगरपालिका ७ हाङदाङ घर भई माई नगरपालिका –१ तीनकुनेमा ज्याला मजदुरी गर्दै हिड्ने २३ वर्षीय पुरपुरे भन्ने विनोद चेम्जोङ लिम्बूले ५८ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरी फरार भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्