झापा, बैशाख २८ । झापाको भद्रपुरस्थित मकैबारीका मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।


भद्रपुर नगरपालिका वडा नं –४ बद्रीगाउँस्थित मकैबारीमा मृत फेला परेका व्यक्ति भद्रपुर नगरपालिका वडा न. २ सोमबारे बस्ने अन्दाजी ५० वर्षका भुवनसिंह जोगी भएको प्रहरीले जनाएको छ । उनी तीन दिनअघि बिहीवार बिहान अन्दाजी ८.३० बजे घरबाट हिडेको बुझिएको छ । आज बिहान स्थानीयले जोगीको शव मकैवारीमा देखेर प्रहरी चौकी महेशपुरमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्