झापा , बैशाख २८ । नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा विपी भट्टराई निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनबाट भट्टराई सर्वसम्मतले निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा नविन इजम र सरस्वती लिम्बू ,सचिव सानुकुमार लामा ,उपसचिवमा होम बराल , श्रीप्रसाद मिश्र, उदय बराइली रहेका छन् । अधिवेशनले ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको जनाइएको छ ।