झापा, बैशाख २९ । इलाममा एक १२ वर्षीया बालिकाले झुन्डिएर आत्महत्या गरेकी छन् ।

आज दिउँसो ३ः३० बजे इलाम नगरपालिका– ११ निन्दाखु बस्ने मेघराज नेपालकी छोरी १२ वर्षीया सेविका नेपाल आफ्नै घरको माथिल्लो तलाको बरण्डाको काठको बलोमा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा फेला परेकी हुन् । उनका बुबा र आमाले देखेर पासो काटी भुइँमा झार्दा उनको मृत्यु भइसकेको थियो । कक्षा ७ मा अध्ययन गर्ने सेविकाले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको इलाम प्रहरीले जनाएको छ ।
प्रहरी चौकी गोलाखर्कबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र कानुनी प्रकृया तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा टोली खटिएर शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाइएको सूचना अधिकारी डीएसपी मानबहादुर राईले जानकारी दिएका छन्।