झापा, बैशाख ३० । बैंकिङ कसूरमा झापा बिर्तामोडका भानु शिवाकोटी पक्राउ परेका छन् ।

अन्जली ओभरसिजका संचालक तथा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष शिवाकोटी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालयले आइतवार पक्राउ गरी सोही दिन जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बिर्तामोड– ३ का कुमार दाहालले ११ लाखको चेक बाउन्स गरेको आरोपमा शिवाकोटीमाथि उजुरी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्