झापा, जेठ २ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा बुद्धशान्तिका एक युवक पक्राउ परेका छन् ।

बैशाख ३१ गते राति ९ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –४ चिलिमगढी घाटमा १४ वर्षीया नाबालिकालाई बुद्धशान्ति–३ सात नम्बर चोक बस्ने १९ वर्षीय समिक घिसिङ तामाङले ललाइफकाई जवरजस्ती करणी गरेका थिए ।
गएराति ८ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा पीडितको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । दुवैलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।