झापा , जेठ २ । बिषालु च्याउ खाएर झापाको मेचीनगरमा तीनजना सिकिस्त भएका छन् ।

आज दिउँसो अन्दाजी १२ बजे मेचीनगर नगरपालिका वडा नम्बर–१५ रघुबिर चौक बस्ने ७० वर्षीय भक्तबहादुर राई, उनकी श्रीमती ६५ वर्षीया चन्द्रिका राई र नातिनी ४ वर्षीया बिनसी राईले घरनजिकै निन्दा खोलाम बगरमा उम्रेको बिषालु च्याउ घरमा ल्याई पकाएर खाएका थिए ।
च्याउ खाएर बिरामी भएपछि उनीहरुलाई बिर्तासिटि अस्पताल बिर्तामोड ल्याइएको छ । बोल्न सक्ने सबै विरामीहरुको अबस्था मध्यम रहेको जनाइएको छ ।