बिर्तामोड, जेठ ३ । झापा घरेलु तथा साना उद्योग संघको दशौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

हिजो बिर्तामोडमा सम्पन्न अधिवेशनले आशाकुमारी लिम्बूको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कमला कटुवाल पौडेल , महासचिव खगेन्द्रप्रसाद प्रसाई , सचिव भिष्म दाहाल र कोषाध्यक्षमा बालकृष्ण सापकोटा चुनिएका छन् । त्यस्तै सदस्यहरुमा स्मिता ठकुरी , चन्द्रा ओली , चम्पा नेम्बाङ, गंगा चर्मकार , गंगा लिम्बू , सरिताकुमारी श्रेष्ठ , मंगलमाया केरुङ र संगीता खड्का रहेका छन् ।
त्यस्तै महिला समितिको अध्यक्षमा धनु कन्दङ्वा , वरिष्ठ उपाध्यक्षमा जिनाकुमारी तामाङ, उपाध्यक्ष पुष्पा बुढाथोकी , महासचिव अर्चना बुढाथोकी , सचिव तुलसा ढकाल र कोषाध्यक्षमा संगीता कडरिया रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा सुमित्रा पनेरु , सन्तोषी सिंह ठकुरी , नानु राई र मुना अधिकारी रहेको निर्वाचन समिति संयोजक तीर्थ सिग्देलले जनाएका छन् ।

अध्यक्ष जिवननाथ काफ्लेको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मोहन कटुवाल , महासचिव डम्बर रेग्मी , केन्द्रीय सदस्य यादव अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महिला समिति अध्यक्ष आशाकुमारी लिम्बूले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव डिल्लीराम सापकोटाले गरेका थिए ।