बिर्तामोड, जेठ ३ । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् ।

बिर्तामोड नगरपालिकाको सभाहलमा हिजो आयोजित संगठनको दोस्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुन् ।

यस्तै संगठनको उपाध्यक्षमा साजन राई, सचिवमा टिका अधिकारी, सह–सचिवमा रुपमान थलङ, कोषाध्यक्षमा हिमा खनाल, सदस्यहरुमा अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमिरे, दिपेश गणेश, जानुका बस्नेत, बद्री ढकाल रहेका छन् ।

पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले अधिवेशनको उद्घाटन गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य वशिष्ट अधिकारी, छवि ढकाल ,पेशागत महासंघ नेपाल झापाका अध्यक्ष तुलसी भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्