झापा , जेठ ३ । दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।

आज बिहान १०.१० बजे उनको आफ्नै घरमा निधन भएको हो । ७३ वर्षका बुढाथोकी मिर्गौलाको समस्याबाट पीडित थिए । बुढाथोकी २०४९ सालमा दमक नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी दमक क्याम्पसको संचालक समितिको अध्यक्ष पनि रहेका थिए ।
यसअघि नेकपा एमालेमा रहेका बुढाथोकी नेकपा एकीकृत समाजवादीमा आवद्ध हुँदै केन्द्रीय सदस्य बनेका थिए । अन्त्येष्टिअघि दमक नगरपालिकामा दिउँसो १ बजे श्रद्धाञ्जली सभा राखिएको नगर प्रमुख राम थापाले जानकारी दिएका छन् ।