झापा, जेठ ३ ।नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको धरान नगर समिति गठन भएको छ।

युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको विशेष उपस्थितिमा धरानमा सम्पन्न भेलाले सुरज चौधरीको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन गरेको हो।
नवगठित नगर समितिको उपाध्यक्षमा सागर पौडेल, सचिव माया शाही, सहसचिव सिजन मास्के, कोषाध्यक्ष मनिता कटवाल र सहकोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा रामजीवन दास, कैलाश खड्का, झरना सुब्बा, पुनम थापा र जुना सुब्बा रहेका छन्। नगर भेलाको संयोजन युनिकम नेपाल सुनसरी जिल्लाले गरेको थियो।
भेलामा सुनसरी अध्यक्ष कल्याण विक्रम दङ्गाल, सञ्चार संयोजक केशव भट्टराई, प्रदेश संयोजक पुण्यप्रसाद लुइटेल, सुनसरी जिल्ला पूर्व अध्यक्ष भरत बस्नेत समेतको उपस्थिति रहेको थियो।