झापा, जेठ ४ । झापाको बिर्तामोडमा चोरीको श्रृंखला रोकिएको छैन । करिव दुई सातामा बिर्तामोडमा तेस्रोपटक लाखौंको चोरी भएको हो।

हिजो राति बिर्तामोड नगरपालिका वडा न.५ कंचनजंघा टोल बस्ने कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, चाँदीको गरगहना ६ तोला र नगद रु २० हजार गरी अन्दाजी १३ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । बुढाथोकी परिवार इटहरी गएको मौकामा घरमा कोही नभएको अवस्थामा चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यसअघि पनि बिर्तामोडमा कोही नभएको मौका छोपी ढोका फोरी चोरीका घटना भएका छन् । गत बैशाख २६ गते बिर्तामोड वडा नं. ३ पुण्डरी टोल बस्ने किरण दाहालको घरबाट २९ लाखको धनमाल चोरी भएको थियो भने त्यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड –४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।