झापा, जेठ ४ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले अवैधरुपमा आफ्नो मिलमा काठ चिरान गरिरहेको अबस्थामा डिभिजन वन कार्यालयले पक्राउ गरेको छ ।

शुक्रवार बेलुका ४.३० बजे चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मिलमा अवैधरुपमा चिरान गरिरहेको अवस्थामा ८३.५२ क्युफिट सखुवाको चिरान काठ पक्राउ गरिएको हो ।
कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ चिरान गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए । उनले सो काठ आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालयमा ल्याइएको जानकारी दिए ।