झापा , जेठ ६ । इलाममा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज दिउँसो १२ः३० बजे इलाम सूर्योदय नगरपालिका ८ पालटांगेस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज २५७५ नम्बरको बोलेरो गाडी अचानक ब्रेकफेल भई सडकमै पल्टिएको हो ।
दुर्घटनामा निम्न मानिसहरु घाइते भएका छन् ।
१) चालक झापा बुद्धशान्ति गा.पा.–४ बस्ने बर्ष ३१ का बिक्रम दर्जीको दाहिने हातमा सामान्य चोट प्रहरी चौकी फिक्कलको नियन्त्रणमा रहेको ।
२) सहचालक बुद्धशान्ति गा.पा.–५ बस्ने बर्ष २५ का खेमराज बि.क. को बाँया हातमा सामान्य चोट स्थानीय पार्वती पोलिक्लिनिक इलाममा उपचार भइरहेको, अवस्था सामान्य ।
३) मोरङ बिराटनगर– ४ बस्ने बर्ष ६० का सुमन पोख्रेलको घाँटीमा सामान्य चोट स्थानीय पार्वती पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर रेफर भएको ।
४) निजकै श्रीमती बर्ष ५५ की सारदा पोख्रेलको बाँया हात भाच्चिएको, स्थानीय पार्वती पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर रेफर भएको ।
५) झापा दमक –५ बस्ने बर्ष ३५ की सुजता महराको कम्मरको भागमा सामान्य चोट श्रीनिधी अस्पताल फिक्कल इलाममा उपचार भइरहेको,अवस्था सामान्य रहेको ।
६) झापा मेचीनगर–१५ बस्ने बर्ष २५ का सगत लिम्बूको बाँया हातमा सामान्य चोट, श्रीनिधी अस्पताल फिक्कल इलाममा उपचार भइरहेको।
घाइतेहरुलाई उपचारको लागि श्रीनिधी अस्पताल फिक्कल र स्थानीय पार्वती पोलिक्लिनिक इलाममा पठाइएको र बोलेरो तत्काल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।