झापा, जेठ १० । इनार सफा गर्ने क्रममा झापाको मेचीनगरमा दुईजना बेहोस भएका छन् ।

फाइल तस्वीर

हिजो साँझ ७ बजे मेचीनगर नगरपालिका–२ भृकुटी बस्ने २० वर्षीय युनिश प्रधान आफ्नै घरको ३५–४० फिट गहिरो इनार सफा गर्नको लागि इनारभित्र छिरी सफा गर्ने क्रममा अक्सिजन कम भई अचेत भएका थिए । प्रधानलाई उद्धार गर्नको लागि उनका साथी सोही ठाउँ बस्ने २२ वर्षीय सचिन राई इनारभित्र छिरी तान्ने क्रममा उनी पनि बेहोस भएका थिए ।

त्यसपछि अन्य स्थानीयहरु भेला भई दुवै जनालाई इनारबाट बाहिर निकालेका थिए । युनिशलाई उपचारका लागि बिर्तासिटी अस्पताल विर्तामोड पठाइएको छ । सचिनको होश खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्